नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बन्ने भएका छन् । छानिएकामध्ये देउवा पक्षका ४ र शेखर कोइराला पक्षका दुई जना रहेका छन् ।
सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो । राष्ट्रियसभाको निर्वाचन १२ माघमा हुन गैरहेको छ । सो निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समते काँग्रेसले आहृवान गरेको छ ।





