नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । सोमबार ललितपुरमा बसेको नवनिर्वाचित केन्द्रीय समितीको पहिलो बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो।
बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।





