Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

माओवादी केन्द्रले अझै छान्न सकेन राष्ट्रिय सभा उम्मेद्वार, प्रचण्डलाई दिइयो अधिकार


नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ । महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो ।

आइतबार सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुबीच राष्ट्रिय सभा सदस्यको उम्मेदवारीका विषयमा छलफल भएको थियो । सत्तारूढ गठबन्धनको बसेको बैठकले उम्मेदवारको विषयमा समेत टुङ्गो लगाएका थियो । गठबन्धनको निर्णय अनुसार माओवादीले पाँच सदस्यमा उम्मेदवारी दिनेछ । आज उम्मेदवारको मनोनयनको कार्यक्रम छ ।

आजै मनोनयन दर्ताको समय तोकिएपनि प्रचण्डले अझै उम्मेद्वारको टुंगो लगाउन सकेका छैनन् । माओवादी केन्द्रले गठबन्धनको भागवण्डा अनुसार ५ जना उम्मेद्वार उठाउन पाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार