सरकारले आजदेखि दिने भनिएको कोभिड १९ विरुद्धको अतिरिक्त डोज खोप कार्यक्रम स्थगित गरेको छ । सबै नागरिकलाई पूरा मात्रा खोप चाँडै उपलब्ध गराउने भन्दै हाललाई अतिरिक्त खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा थप प्राविधिक विषयमा छलफल गरेर माघ महिनादेखि यसबारे जानकारी गराउने भनिएको छ ।






