Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

नेपाल पस्यो पश्चिमी न्यून चापीय प्रणाली, आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना


पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा आज मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावनासँगै यी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् शमीर श्रेष्ठले जानकारी दिए ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आज दिनभरजसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पर्ने देखिने भएको छ । राति पनि यी प्रदेशका हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । भोलि भने काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान छ । यस्तै, पर्सि शुक्रबार पनि मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् श्रेष्ठकाअनुसार यसपालि पश्चिमी न्यून चापीय प्रणाली अघिल्लो पटकको जस्तो शक्तिशाली छैन । त्यसैले गएको हप्ताको जस्तो पानी पर्ने सम्भावना छैन । तर धेरै ठाउँमा हल्का वर्षा भने गराउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार