Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

केपी ओली र रामचन्द्र पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?


एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । बुधबार ओलीलाई भेट्न पौडेल उनको निवास बालकोट पुगेका थिए । पौडेल निकट स्रोतका अनुसार नेता पौडेलले ओलीलाई संसदमा एमालेले गरिरहेको अवरोध हटाउन आग्रह गरेका थिए । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

नेकपा एमालेले गत भदौ २३ गतेदेखि नै लगातार संसद अवरोध गर्दै आएको छ । तत्कालिन नेकपा एमालेका १४ सांसदलाई निष्कासनको कारबाही गरेकामा सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले संसदमा बिरोध र नाराबाजी गर्दै आएको छ ।

साथै दुई नेताबीच एमसीसीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार