राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा माओवादीका युवा नेता सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले बस्नेतलाई आगामी चार वर्षे कार्यकालका लागि कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको हो ।
प्रखर वैचारिक युवा नेताको छबी बनाएका बस्नेत युवाहरुका माझमा निकै लोकप्रिय छन् । युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेको राष्ट्रिय युवा परिषदमा केही समययता कार्यकारी उपाध्यक्ष पद रिक्त रहेको थियो ।
गएको पुस १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रीस्तरीय बैठकबाट राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षका लागि सिफारिस समिति गठन गरेको थियो ।








