Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

चीनमा ‘कृत्रिम सूर्य’काे परीक्षण सफल, सूर्यभन्दा पाँचगुणा तातो !


बेइजिङ । चीनले यसै साता पारमाणविक फ्युजन भट्टीको सुरुवात गरेको छ । जसलाई कृत्रिम सूर्य भन्ने गरिन्छ । चीनको समाचार एजेन्सी सिन्ह्वाकाअनुसार वास्तविक सूर्यभन्दा पाँचगुणा तातो भट्टीलाई १७ मिनेटसम्म चलाइएको थियो ।

परीक्षणको बेला १७ मिनेटसम्म ७ करोड डिग्री सेल्सियससम्म तापक्रम पुगेको बताइएको छ । चीनले यस पारमाणविक फ्युजन रियाक्टबाट असीमित सफा ऊर्जा उत्पादन गर्ने लक्ष रहेको जनाएको छ । दसकौँ लामो अनुसन्धानपछि पनि कृत्रिम सूर्य निर्माण गर्न कठिन भएको थियो ।

चिनियाँ विज्ञान प्रतिष्ठानको इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका अनुसन्धानकर्ता तथा यस प्रयोगका प्रमुखहरूमध्ये एक गोंग सिनाझुले पछिल्लो कार्यले फ्युजन रियाक्टर चलाउन ठोस वैज्ञानिक र प्रयोगात्मक आधार प्राप्त भएको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार