Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

स्वकीय सचिवालयका सदस्यमा कोरोना संक्रमण देखिएपछि प्रचण्ड आइसोलेसनमा


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा बस्ने भएका छन् । प्रचण्डको स्वकीय सचिवालयका एक जनालाई र पार्टी कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना संक्रमण देखिएपछि प्रचण्डले प्रत्यक्ष भेटघाट बन्द गरी आइसोलेसनमा बस्ने तयारी गरेका हुन् ।

केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको छ । कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइर संक्रमण भएपछि। प्रचण्डले बिहीबार बिहीबारबाटै भेटघाट बन्द गरेका छन् ।

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं’, प्रचण्डको स्वकीय सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार