नारायणहिटी दरबार संग्रहालय भित्र बनिरहेको रेस्टुरेन्टको बारेमा छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समिति गठन गरेको छ । बिहिबार पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा समिति गठन गरेको हो ।
छानबिन समितिमा सहसचिव लुइँटेल सहित मन्त्रालयका उपसचिवहरु पुरुषोत्तम खतिवडा, टेकनारायण पौडेल, टंकबहादुर नेगी र सूर्यमणि गौतम रहेको मन्त्रालयले जनाएको छ ।
लुइँटेलका अनुसार सो समितिले नारायणहिटीभित्र बनिरहेको रेस्टुरेन्ट कति वैधानिक छ , निर्माण भइरहेका रेस्टुरेन्ट सम्झौता विपरित हो या होइन यसको विषयमा प्रतिवेदन तयार गरी छानबिनको प्रकृया अघि बढ्ने छ ।








