Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

आज देशभर वर्षाको सम्भावना, कहिलेबाट आउँछ मौसममा सुधार ?


पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो सातै प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। आज उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको बताइएको छ । राति प्रदेश १, २, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। आइतबारबाट मात्र मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

शनिबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार