एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ओली निवास बालकोट पुगेर भटेका छन् । शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकले निरन्तर भइरहेको संसद अवरोध र सर्वदलीय बैठकमा ओली अनुपस्थितीबारे कुराकानी गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।
बैठकको निर्णय अनुसार संसदको अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा ओली निवास पुगेका हुन् ।
यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । पौडेलसँगको छलफल पनि सकारात्मक नभएपछि संयन्त्रले यो जिम्मा प्रधानमन्त्रीलाई नै दिएको थियो । प्रधानमन्त्रीले कुराकानी गरेपछि ओली सकारात्मक हुने संयन्त्रको विश्वास रहेको संयन्त्रका एक सदस्यले बताए ।








