भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ५ मिनेटको समयमा ३ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का उपत्यकाका तीनवटै जिल्लासहित उपत्यका आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।





