Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

आज देशभर वर्षाको सम्भावना, भोलिबाट मौसममा सुधार आउने


हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन -चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन -चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ। भोलिबाट मौसममा सुधार आउने पनि मौसमविद्ले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार