Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न पनि आजै प्रदान गरिने


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो।

राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो। ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको थियो। सोही अनुसार आज निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। र आजै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम समेत रहेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन सत्ता गठबन्धन पाँच दलले सिट भागबन्डा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ। आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुन गैरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार