Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमालेको २८ जिल्लामा अध्यक्ष चयन, बाँकीमा मतदानकाे तयारी, कुन जिल्लामा को ?


नेकपा एमालेको अधिवेशन भएका ६१ मध्ये २८ जिल्लामा नेतृत्व चयन भएको छ । २ जिल्लामा निर्वाचनमार्फत र अन्यमा सर्वसम्मत अध्यक्ष चयन भएको छ ।

अध्यक्ष बाहेकका पदमा भने कतिपय जिल्लामा निर्वाचन भइरहेको छ । त्यसैगरी सहमति नजुटेका जिल्लामा अध्यक्षलगायत पदाधिकारीको लागि आजैबाट मतदान सुरु हुने भएको छ ।

कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

कुन जिल्लामा को ?

झापा- दीपक कार्की

मोरङ- ऋषिकेष पोखरेल

खोटाङ – रामप्रसाद दंगाल

धनकुटा – इन्द्रमणि पराजुली

तेह्रथुम- तेजमान कन्दङवा

सप्तरी- ताराकान्त चौधरी

धादिङ- भूमि त्रिपाठी

काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

भक्तपुर- बचन देउजा

रसुवा- कर्णेल तामाङ

नुवाकोट- बद्रि मैनाली

मकवानपुर- एकलाल श्रेष्ठ

रामेछाप- आनन्द श्रेष्ठ

गोरखा- प्रेम गुरुङ

तनहुँ- श्रीप्रसाद श्रेष्ठ

पाल्पा- धनेन्द्रराज घिमिरे

गुल्मी- बालकृष्ण काउछा मगर

अर्घाखाची- पिताम्बर भुसाल

बाँके- किस्मत कुमार कक्षपती

बर्दिया- लालबहादुर श्रेष्ठ

दाङ- हुकुमबहादुर बस्नेत

रुपन्देही- तेजेन्द्र केसी

कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)

नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)

डोल्पा- शेरबहादुर बुढा

सल्यान- गोविन्द पुन मगर


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार