Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बतासमाथि ओलीको टिप्पणी : भ्रष्टाचार ढाकछोप गर्न नक्कली ज्वाइँ भनिरहेछन्


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवादास्पद कम्पनी बतास समूहका प्रमुखले भ्रष्टाचार ढाकछोपका लागि आफ्नो नक्कली ज्वाइँ बन्न खोजेको बताएका छन् । नारायणहिटी संग्रहालयमा क्याफे सञ्चालनसम्बन्धी ठेक्का पाएको बतास समूहका अध्यक्ष आनन्दराज बतासले आफ्नो भ्रष्टाचार छोप्न मिडियाबाट केपी ओलीको ज्वाइँ बन्न खोजेको उनले टिप्‍पणी छ ।

‘सञ्चारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् । मेरा त छोरी देशभरि छन्, छोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोजेका छन्,’ ओलीले भने ।

एक टेलिभिजनसँगको कुराकानीमा अध्यक्ष बतासले शेरबहादुर देउवाको निकटस्थ रहेको बताउँदै झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले ज्वाइँ भन्ने गरेको बताएका थिए । नारायणहिटीमा होटल सञ्चालनको समाचार बाहिरिएपछि नेपालको सार्वजनिक सम्पतिमाथि बतास समूहको रजगज बाहिरिने क्रममा छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार