Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

नागरिकता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना


सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो ।धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन्। उनीहरुले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए ।

राष्ट्रको पहिचानको रुपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरुको गम्भिर आरोप छ ।धर्नामा सहभागी भएकाहरुले ‘हामी नेपाली बाबु–आमामा सन्तान, कहिलेसम्म अनागरिक बन्नु पर्ने सरकार’, ‘संविधान अनुसार नागरिकको व्यवस्था गर’ भन्ने जस्ता प्लेकार्ड प्रर्दशन गरेका थिए।

नेपालमा नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसकेको, कतिपय अवस्थामा गैरनागरिकहरुले समेत नागरिकता पाएको तथ्य बाहिर आउने गरेको तर त्यसको सुनुवाई सरकारले नगरेको धर्नामा बसेकाहरुको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !
विचार