Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

आज पृथ्वीजयन्ती मनाइँदै, देशको अस्तित्व संकटमा रहेको पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइ


प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वी जयन्तीको अवसरमा सन्देश दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रियताका आधारमाथि प्रहार हुने क्रम तीव्र भएकाले देशको अस्तित्वसमेत संकटमा पर्न थालेको बताएका छन् । सन्देशमा उनले राष्ट्रको कीर्ति र जनताको सुख बाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य नहुने भन्दै जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीको नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्रको चरित्र धारण नगरे निरर्थक सावित हुने उल्लेख गरेका छन् ।

देशको भुगोल, माटो र पन आफनै धर्म संस्कृति एवम गतिविधि नै नेपालीलाई प्यारो लाग्नु पर्ने भन्दै उनले पृथ्वी नारायण शाहको नीति सदैव अवलम्बन गर्नु व्यवहारिक हुने सुझाव दिए । पूर्व राजा शाह आज दिउँसो साढे १२ बजे सिंहदरबार अगाडि रहेको बडामहाराजाको शालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार