Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

उपत्यकाका सिडियोहरुको बैठकले गर्यो यस्तो निर्णय


काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । आज बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २५ जनाभन्दा धेरैको उपस्थितिमा हुने भेलामा रोक लगाउने निर्णय गरेको हो ।

कोरोना संक्रमणदर बढ्दै गएपछि सोमबार गृह मन्त्रालयले सबै किसिमका भेला, सम्मेलनमा रोक लगाउन आफू मातहतका निकायलाई निर्देशन दिएको थियो ।

सोही निर्देशनमा छलफल गरेर उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय गरिएको ललितपुरमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार