Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

खोप कार्ड अनिवार्य हुने भएपछि खोप लगाउन थेगिनसक्‍नु भिड


उपत्यकाका विभिन्न खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउने भिड लागेको छ। नेपालमा कोरोनाको संक्रमणदर बढेपछि मंगलबार बसेको काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्लाहरूको बैठकले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख गरेपछि कोरोना विरुद्धको दोस्रो डोज लगाउनेको भिड बढेको हो।

मीनभवनस्थित सिभिल अस्पतालमा बिहानैदेखि कोभिड विरुद्धको दोस्रो डोज भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाउनेको भिड उल्लेख्य रहेको छ।

हाल नेपालमा कोरोनाको संक्रमणदर बढ्दै गएको छ। मंगलबार मात्र नेपालमा करिब २ हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार