Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

कहिलेबाट आउँछ मौसममा सुधार ?


हाल देशभर पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश भू–भागमा सामान्य बदलीसँगै प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

राति काठमाडौं उपत्यका लागायत देशका अधिकांश स्थानमा हल्का वर्षा भएको थियो । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।

देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ। भोलिबाट मौसममा सुधार आउने मौसमविद्ले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार