Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

केएमसीका सञ्चालक शर्मालाई सिंहदरबारभित्रै दलियो कालोमोसो


मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरूले मोसो दलेका छन्। शिक्षामन्त्री देवेन्द्र पौडेलले आज आयोजना गरेको छलफल लगत्तै विद्यार्थीहरूले मन्त्रालयमै दुर्व्यवहार गरेका हुन्। अतिरिक्त शुल्क लिएको भन्दै एमबिबिएसमा अध्ययनरत विद्यार्थीहरू लामो समयदेखि आन्दोलनरत छन्।

शर्माले आन्दोलनरत विद्यार्थीलाई अभद्र व्यवहार गरेको दावी गर्दै आफूहरूले मोसो दलेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्वीकार गरे।उनले अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई नियन्त्रणमा लिएको जानकारी दिए।

काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल कलेजले एमबिबिएसका विद्यार्थीहरूसँग अतिरिक्त शुल्क लिएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरूसहित पीडित विद्यार्थी एक महिनादेखि आन्दोलनरत छन्। आन्दोलनरत पक्ष र कलेज बिच शिक्षा मन्त्रालयमा वार्ताका लागि शर्मा त्यहाँ पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार