नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ। शनिबार परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको पौडेलले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले आजैदेखि आइसोलेसनमा बसेको जनाएका छन्।
उनले लेखेका छन्‚ ‘परीक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो।’ उनी भैंसेपाटीस्थित निवासमा आइसोलेसनमा बसेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ। कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।








