Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

पशुपतिको धर्मशालामा बतास समूहले चलाएको होटल हेरेपछि मन्त्री आलेले दिए यस्तो प्रतिक्रिया


पर्यटनमन्त्री प्रेम आलेले पशुपतिनाथस्थित धर्मशालामा बतास समूहले सञ्चालन गरेको होटलको अवलोकन गरेका छन् ।उनले अवलोकन गर्दै पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा पनि छानबिन हुने भन्दै दोषी पाइए कारवाही गरिने बताए ।

उनले त्यहाँ निर्माण गरिएको सबै संरचनाको निरीक्षण गरेका थिए । आलेले धर्मशालालाई सेभेन स्टार बनाइएको प्रतिक्रिया दिए ।

‘समिति गठन भएको छ, हामीले प्रतिवेदन सार्वजनिक गर्नेछौँ । यहाँ त फाइभ स्टार होइन सेभेन स्टार बनाइएको रहेछ । म सक्ड भएँ,’ आलेले भने, ‘भोलि प्रतिवेदन आएपछि बताउँछु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीले संयुक्त उद्घाटन गर्नुभएको हो । २५ करोड भारतले लगानी गरेको छ । सस्तो सुलभ मूल्यमा बस्न पाउन् भनेर बनाइएको हो । धर्मशालाको रुप होइन सेभेन स्टार बनाइएको रहेछ ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार