Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित


संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो ।

तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

पछिल्लो समय नेकापा एमालेले दुबै सदनमा अवरोध गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार