संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। मन्त्री आलेको सचिवालयले उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
मन्त्री आलेका साथै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।
मन्त्री आलेको सचिवालयले पछिल्ला दिन आफ्ना सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह पनि गरेको छ। पछिल्लो समय सिंहदरबारमा कार्यरत सय जनाभन्दा बढी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।








