Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

स्थानीय तहको निर्वाचन प्रक्रिया थाल्न सरकारलाई दबाब


विभिन्‍न संघरमहासंघहरूले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सरकार र निर्वाचन आयोगलाई दबाब दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानअनुसार नै स्थानीय तहको निर्वाचन गर्न दबाब दिएका हुन्।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको संविधानबमोजिम पुनस्संरचित स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ। स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकोले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रकृया शुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं।’

संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार