शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेकी छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले अहिलेसम्म नीतिगत लगायतका क्षेत्रमा गरिएका काम र आगामी कार्ययोजनाका बारेमा आफ्नो योजना सार्वजनिक गरेकी हुन्।
उनले धेरै जनअपेक्षा अर्मूत हुने भन्दै मूर्तरुप दिनका लागि चुस्तदुरुस्त हिसाबले मन्त्रालयले काम गरिरहेको बताइन्। बागमती नदीको बहाव सफा गर्ने, सार्वजनिक जमिनको दोहन गरिएको ठाउँलाई क्लियर गर्न निर्ममता पूर्वक अघि बढ्ने र शहरी प्रदुषण र फोहोर मैलाको व्यवस्थापन गर्नेलगायतका काम अघि बढाइएको उनको दाबी छ।
उनले मन्त्रालयले देशभर नै रहेका नगरपालिका लगायतका ठाउँमा त्यहाँको अवस्था लगायतको बारेमा अध्ययन गरेर फोहोर मैलाको व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताइन्।
यस्तो छ सार्वजनिक कामको सूची









