Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

बाढीले मेलम्चीमा फेरि बितण्डा मच्चायो, १७ घर टहरा बगे


गए राति आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका १७ घर टहरा बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको हो ।
असार शुरुमा आएको बाढीले पनि मेलम्चीमा ठूलो क्षती गरेको थियो । बाढीले चनौटेको रातो पुल समेत बगाएको छ । मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ तथा हेलम्बुका धेरै वडा जोड्ने चनौटे पुल बगाएपछि त्यस क्षेत्रको सवारी आवागमन अहिले बन्द छ ।


प्रतिक्रिया दिनुहोस !
विचार