Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

संघीयताको मर्मअनुसार मधेस प्रदेश नामकरण गर्न सफल भयौंः प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेस प्रदेश नामकरण भएको बताएका छन् ।

प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत एक बधाई सन्देश दिँदै आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं. २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेश मुकाम-राजधानी जनकपुर बनाउन सफल बताएका हुन्।

उनलेले प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको प्रति प्रदेशका सांसद तथा सम्पूर्ण प्रदेश बासिन्दालाई बधाई दिएका छन् । यद्दपी मधेस प्रदेशमा प्रदेशको नामाकरणलाई लिएर विरोध प्रदर्शन भैरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार