आज बस्ने भनिएको सत्ता गठबन्धनका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ।स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ४ बजे बोलाइएको बैठक स्थगित भएको हो।
बैठकको तयारी नपुगेपछि स्थगित भएको जनाइएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।
यसअघि मंगलबार बसेको बैठकमा पनि स्थानीय तहको निर्वाचनका विषयमा नेताहरूबीच छलफल भएको थियो।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ। सत्ता गठबन्धन दलहरूबीच भने निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन।








