सत्तारुढ गठबन्धनमा सहभागी पाँच दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक समन्वय समितिले स्थानीय तह निर्वाचनबारे संविधान र ऐन बाझिएको निष्कर्ष निकाल्दै त्यसबारे कानुनविद्हरुको राय लिने निर्णय गरेको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले निर्वाचनको मिति घोषणा गर्नुअघि कानुनविद्को राय लिने निर्णय गरेको हो।
निर्वाचन आयोगले आउँदो वैशाखभित्रै स्थानीय तह निर्वाचन गर्न सरकारलाई औपचारिक प्रस्ताव गरिसकेको छ। प्रमुख प्रतिपक्ष एमालेले पनि सोहीअनुसार वैशाखमै स्थानीय निर्वाचनको माग गरिरहेको छ। सत्तारुढ गठबन्धनमा भने एकैपटक तीनै तहका निर्वाचन गर्ने वा पहिले संघीय संसदको निर्वाचन गर्नुपर्ने आवाज बलियो छ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । भोलि नौ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्नेछ । बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो।








