Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सर्वदलीय बैठक अनिश्चित, पहिले संविधानविदहरूसँग छलफल गरिने


प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बस्ने भनिएको सर्वदलीय बैठक अनिश्चित बनेको छ। औपचारिक रूपमा सर्वदलीय बैठक नबोलाइएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

शुक्रबार सम्पन्न गठबन्धनको बैठकमा यसबारे अनौपचारिक छलफल मात्र भएकाले आज बस्नेरनबस्नेबारे कुनै निर्णय नभएको उनको भनाइ थियो। सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि शनिबार सर्वदलीय बैठक गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो।

स्थानीय तह तथा अन्य निर्वाचन एवं समसामयिक राजनीतिक गतिविधिबारे छलफल गर्न शनिबार बिहान ९ बजे बस्ने बैठक बस्ने भनिएको थियो।

यता प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संविधानविदहरूसँग पहिले छलफल गरेर मात्र सर्वदलीय बैठक बोलाउनेबारे छलफल भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार