Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण, पत्रकार सम्मेलन स्थगित


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। उनीसँगै पत्नी राधिका शाक्यमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ। पूर्वप्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजागाइँका अनुसार कोरोना देखिएपछि दुवैजना अहिले बालकोटस्थित निवासमै आइसोलेसनमा रहेका छन्।

बजागाइँका अनुसार दुवैजनाले सुरुमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो। त्यसपछि पीसीआर विधिबाट गरिएको परीक्षणमा पनि कोरोना संक्रमण पुष्टि भएको हो। एमाले अध्यक्ष ओली यसअघिका दुईवटा लहरमा जोगिएका थिए। तर तेस्रो लहर उचाइतिर जाँदै गर्दा ओलीलाई पनि संक्रमण देखिएको हो।

पछिल्ला केही दिनयता कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभइ ओली बालकोटमै आराम गरिरहेका थिए। एमालेले ओलीलाई संक्रमण भएकोबारे वक्तव्यमार्फत जानकारी दिने भएको छ। ओली र पत्नी राधिकामा पनि संक्रमण देखिएपछि केन्द्रीय कार्यालय थापाथलीमा हुने भनिएको आइतवारको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार