प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्। सभापति देउवाले आज का लागि बैठक बोलाएका हुन्। कोरोना संक्रमणको जोखिम बढेकाले बैठक भर्चुअल रुपमा बोलाइएको छ।
बैठकमा स्थानीय तहको निर्वाचन तथा बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा हुने जनाइएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भर्चुअल माध्यमबाट दिउँसो ३ बजेपछि बस्नेछ। स्थानीय तहको निर्वाचनबारे सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै आलोचना भइरहँदा उनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।
बैठकको एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठनसमेत रहेको छ। पछिल्लो समय पार्टीका शीर्ष नेताहरुले नै सभापति देउवालाई केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि दबाब दिन थालेपछि सो विषयलाई बैठकको एजेण्डा बनाइएको हो।
हिजो मात्रै उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर सो समिति गठन गर्न सुझाव दिएका थिए।








