Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

उपत्यकाका सीडीओहरूको संयुक्त बैठक बस्दै, के आउला निष्कर्ष ?


काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठक बस्दैछ। कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रण लगायतका विषयमा थप छलफल गर्न बैठक बस्न लागेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सम्बन्धमा आवश्यक निर्णय गर्न बैठक बस्न लागेको जानकारी दिइन्। दिउँसो २ बजे बैठक बोलाइएको छ।आजको बैठकमा उपत्यकामा लगाइएको जोर–बिजोर प्रणालीलाई व्यवस्थित गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

जोर–बिजोर प्रणालीका कारण सार्वजनिक यातायात क्षेत्रमा भीडभाड बढेको र त्यसले थप संक्रमणको जोखिम रहेको भन्दै व्यवस्थित हुनुपर्ने माग उठेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार