आगामी निर्वाचनका विषयमा सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ ।शुक्रबार बिहान बालुवाटारमा तीन नेताबीच स्थानीय निर्वाचनका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘उनीहरूबीच हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनका विषयमा समीक्षा भयो। त्यसपछि गर्ने भनिएको स्थानीयसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा पनि छलफल भयो’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘तर, तीन तहको निर्वाचन कसरी र कहिले गर्ने भन्ने विषयमा कुनै निष्कर्षमा पुगिएको छैन।’
गठबन्धनमा सहभागी कांग्रेसबाहेक दलहरु संघीय र प्रदेशको चुनाव पहिला गरेर मात्रै स्थानीय चुनाव गर्नुपर्ने पक्षमा छन्। कांग्रेस भने त्यस विषयमा कुनै निष्कर्षमा पुगिसकेको छैन।








