Logo
१४ आश्विन २०८३, बुधबार
|  Wed Sep 30 2026

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ निष्कासन मिति सार्वजनिक


जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ५ करोड २२ लाख रुपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

निष्कासन गर्ने कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओलाई इक्रा रेटिङ नेपालले इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।हाल कम्पनीको चुक्तापूँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात उक्त पूँजी १६ करोड पुग्नेछ।


प्रतिक्रिया दिनुहोस !
विचार