Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, सहमति जुटे स्थानीय निर्वाचनको मिति सार्वजनिक गरिने


सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी छन्। स्थानीय तहको चुनावको मितिबारे छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बसेको हो ।

स्थानीय तहको चुनावलाई लिएर गठबन्धनभित्रै मतभेद छ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैचोटी गर्ने गरी छलफल गर्दै आएका छन् । तर आज बस्ने पाँच दलीय गठबन्धनको बैठकले ठोस निचोड निकाल्ने नेताहरुले प्रतिक्रिया दिएका छन् ।

निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्ष दल तथा कानुनविद्ले तोकिएको मिति वैशाखमै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिएका छन् । सहमति जुटे आजै स्थानीय तहको निर्वाचन मिति सार्वजनिक गर्ने तयरी छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार