आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन । सत्ता गठबन्धनले ऐन संशोधन गरेर जेठभित्रै स्थानीय निर्वाचन गर्ने निर्णय गरेकोले त्यसको तयारीका लागि संसद् बैठक स्थगित गरिएको स्रोतको दाबी छ ।
यस्तै, संसद् बैठक स्थगित भएसँगै आजका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।








