Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

स्थानीय निर्वाचनको मिति सोमबारभित्र घोषणा गर्न सरकारलाई एमालेको ‘अल्टिमेटम’


नेकपा एमालेले स्थानीय तहको निर्वाचन मिति सोमबारभित्र घोषणा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ। पाँचदलीय सत्ता गठबन्धनले वैशाखमा गर्नुपर्ने स्थानीय तहको निर्वाचन पर सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै एमालेको मोर्चा संगठनले यस्तो ‘अल्टिमेटम’ दिएको हो।

मोर्चा संगठन संयन्त्रको बैठकले सरकारले निर्वाचन मिति तोक्न आनाकानी गरेको भन्दै त्यसविरुद्ध देशव्यापी आन्दोलनमा जाने निर्णय पनि गरेको छ। मोर्चा संगठन संयन्त्र प्रमुख भानुभक्त ढकालका अनुसार मोर्चा संगठनको बैठकले २२ वटै जनवर्गीय संगठनलाई आन्दोलनमा उत्रिन निर्देशन दिएको छ। ढकालले शनिबारदेखि नै आन्दोलन सुरु भैसकेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचन समयमै गराउन सरकारलाई दबाब दिन देशव्यापी जनपरिचालन गर्न निर्देशन दिएलगत्तै मोर्चा संगठन संयन्त्रले यस्तो निर्णय गरेको हो। पार्टी मोर्चा संगठनका प्रमुख, विभिन्न विभागका प्रमुख तथा इन्चार्ज र जनसंगठनका अध्यक्षलाई ओलीले बालकोट निवासमा बोलाएर सरकारमाथि दबाब सिर्जना गर्न निर्देशन दिएका थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार