राष्ट्रियसभाको बैठक पुन: स्थगित भएको छ । माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको हो ।
संघीय संसदका महासचिव डा भरतराज गौतमले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।
यस्तै, संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार बेलुका सूचना निकालेर १० दिनसम्मका लागि स्थगित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण दुबै शदन सुचारु हुन सकेका छैनन् ।








