Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

राप्रपा अध्यक्षद्धारा महामन्त्री र उपाध्यक्षसहित २४ पदाधिकारी मनोनीत


राष्ट्रिय प्रजातन्त्र पार्टीले २र२ महामन्त्री तथा उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेको छ। आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानअनुसार उनीहरुलाई मनोनयन गरेका हुन्। उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई मनोनयन गरिएको छ। यस्तै, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रहलादप्रसाद साहलाई मनोनयन गरिएको हो।

सहायक महामन्त्रीहरुमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपककुमार राईलाई मनोनयन गरिएको छ। साथै, पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरुको जिम्मेवारी बाँडफाँड गरिएको छ।

आर्थिक विभागको दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभागको पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभागको रविन चाम्लिङ्ग, तराई मधेश विभागको रामप्रताप साह, अभिलेख तथा मुल्याङ्कन विभागको मीना सुवेदी र सहकारी समन्वय विभागको सुदर्शन थापालाई जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार