Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 14 2026

कति थपिए आज कोरोना संक्रमित ? यस्तो छ विवरण


नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्‍यु भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ७३ हजार १७८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार