Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त


प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रेस हेर्दै आएका उनलाई सोमबार बसेको मन्त्रिपरिषद्ले प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोमबार निर्णय भए पनि उनलाई शुक्रबार मात्रै नियुक्ति पत्र थमाइएको छ । असार २९ गते प्रधानमन्त्री बनेका देउवाले ७ महिनासम्म निजी सचिवालयलाई पूर्णता दिन सकेका छैनन् ।

देउवाले यसअघि आफ्नो स्वकीय सचिवमा भानु देउवा, भाषण विज्ञमा किरण गजुरेल नियुक्त गरिसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार