Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

आज कति थपिए कोरोना संक्रमित ? यस्तो छ पछिल्लो विवरण


पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको छ । सोही अवधीमा एक हजार ७१४ संक्रमित थपिएका छन् । चौबीस घण्टामा चार हजार ७७१ संक्रमित निको भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९३ दशमलब ३ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार