Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

आजदेखि मौसममा पूर्ण सुधार, बुधबारदेखि अर्को मौसमी प्रणाली विकसित हुने


आजदेखि मौसममा पूर्ण सुधार हुने र दिन घमाइलो हुने मौसमविदले बताएका छन् । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ ।

आजदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसोे घाम लाग्नेछ ।

अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ । गएको बुधबार रातिदेखि नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा वर्षा र हिमपात हुँदा चिसो बढेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार