Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

भोलि स्थानीय निर्वाचनको मिति तोक्ने सरकारको तयारी


सरकारले सोमबार निर्वाचन मिति घोषणाको तयारी गरेको छ । सरकारले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको हो । सम्भवतः सोमबार बस्ने बैठकले निर्वाचनको मितिबारे निर्णय गर्ने एक मन्त्रीले बताए ।

उनले भने, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोक्छ । सम्भवतः भोलि बस्ने बैठकले जेठ ४ गते चुनाव गर्नेबारे निर्णय गर्छ। ’ यसअघि आयोगले जेठ ४ मा स्थानीय तहको चुनाव गर्न सकिने प्रस्ताव सरकारसमक्ष सिफारिस गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार