Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

काठमाडौं प्रशासनद्धारा नयाँ आदेश जारी, अब के गर्न पाइन्छ, के पाइँदैन ?


काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन् । यसअघि लगाइएका केही नियम खुकुलो बनाउँदै नयाँ आदेश जारी गरिएको हो ।

आदेशमा सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा लगायत भीडभाड हुने कामहरु गर्न नपाइने उल्लेख छ ।

सवारी साधनको जोरविजोर प्रणली भने हटाइएको छ । प्रशासनले १८ बुँदे आदेश जारी गर्दै कोरोनाको जोखिम नटरेकोले स्वास्थ्य सतर्कता अपनाउन जोड दिएको छ ।
हेर्नुहोस् प्रशासनको नयाँ आदेश :

 


प्रतिक्रिया दिनुहोस !
विचार